अध्यक्षको मन्तव्य

कास्की परिवार दक्षिण कोरियाको आधिकारिक सुचना पेजमा तपाईंलाई स्वागत छ। दक्षिण कोरियामा नेपालीहरुको आगमन सन 1980 को दशक देखि रोजगारी हुँदै, अध्ययन, ब्यापार व्यवसाय, तथा बैबाहिक आप्रबाशको रुपमा सुरु भएको देखिन्छ। नेपालसंग भौगोलिक, सामाजिक तथा धार्मिक समानता भएको कारणले पनि त्यस पछिको समयमा दक्षिण कोरियामा नेपालिहरुको आगमन निरन्तर वृद्धि भएको देखिन्छ। बढ्दो औधोगिकरण सङ्गै उत्पादन क्षेत्रका लागि आवश्यक जनशक्तिको पुर्ति गराउन दक्षिण कोरिया सरकारले श्रमिक व्यवस्थापनका लागि सन २००८ मा इपिएस प्रणाली लागू गर्यो। त्यस पश्चात् इपिएस प्रणाली मार्फत दक्षिण कोरिया आउने समग्र नेपाली हरुको संख्या संगै कास्की जिल्लाबाट आउनेहरुको संख्या पनि बढ्न थाल्यो। कस्केलीहरुको बढ्दो संख्या संगै प्रवासमा आइपर्ने विविध समस्या र चुनौतीहरुलाई समाधान गर्न सामुहिक पहल तथा संस्थागत एकता आवश्यक रहेको महसुस गर्दै सन २००८ मा “सङ्गठित समुहनै प्रदेशको सहारा हो” भन्ने नाराको साथ कुशल थापाको अध्यक्षतामा कास्की परिवार दक्षिण कोरियाको स्थापना भएको थियो। 
अध्यक्षको मन्तव्यको पूर्ण पाठ पढ्न यहा क्लिक गर्नुहोस

धन्यवाद सहित
सन्तोष पौडेल
अध्यक्ष
तथा सम्पूर्ण पदाधिकारीहरु
कास्की परिवार दक्षिण कोरिया

    गतिविधि तथा कार्यक्रम 

सउलमा 1974 A.D.गुञ्जने

सउलमा 1974 A.D.गुञ्जने

गतिबिधि/कार्यक्रम

१८ मंसिर २०८१, मंगलवार ०५:३९

यो मनत मेरो नेपाली हो.....🙏🇳🇵🇳🇵🇳🇵     "सङ्गठित समुह नै प्रदेशको सहारा हो " भन्ने मुल नाराका साथ सन 2008 मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा...