अध्यक्षको मन्तव्य

आदरणीय कस्केली दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण कोरियाबासी नेपालीहरूमा हार्दिक नमस्कार। सन् २००८ मा “सङ्गठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ स्थापना भएको कास्की परिवार दक्षिण कोरिया आजको दिनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण कस्केलीहरूको साझा पहिचान, एकता र आत्मीयताको प्रतीकका रूपमा स्थापित भइसकेको छ। दक्षिण कोरियामा १९८० को दशकदेखि नै नेपालीहरूको आगमन सुरु भएको इतिहास छ। अध्ययन, रोजगारी, व्यापार, विवाह वा आप्रवासनका विविध कारणहरूले आज हजारौं नेपालीहरू यहाँ बसोबास गर्दै हुनुहुन्छ। तीमध्ये ठूलो संख्यामा कास्की जिल्लाका श्रमिक, विद्यार्थी र व्यवसायीहरू हुनुहुन्छ। प्रवासमा रहेर हामीले अनुभव गर्ने कठिनाइ, चुनौती र अवसरहरूले हामीलाई अझ नजिक ल्याएको छ। यिनै अनुभूति र आवश्यकता महसुस गर्दै, २००८ मा कुशल थापाको अध्यक्षतामा कास्की परिवार दक्षिण कोरिया स्थापना गरिएको थियो। तबदेखि अहिलेसम्म संस्थाले निरन्तर जिम्मेवार, पारदर्शी र आत्मीय संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ। हामीले कोरियामा रहेका विभिन्न संघ–संस्था, नेपाली दूतावास, नेपाली समुदाय तथा स्थानीय निकायहरूसँग सहकार्य गर्दै, विपद् वा संकटमा परेका कस्केली तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई सहयोग पुर्‍याउँदै आएका छौँ।
अध्यक्षको मन्तव्यको पूर्ण पाठ पढ्न यहा क्लिक गर्नुहोस

धन्यवाद सहित
सन्तोष गुरुङ
अध्यक्ष
नवौं केन्द्रिय कार्यसमिति
कास्की परिवार दक्षिण कोरिया

    गतिविधि तथा कार्यक्रम 

दक्षिण कोरियामा नेपालका प्रख्यात चिकित्सकहरू सम्मानित।

दक्षिण कोरियामा नेपालका प्रख्यात चिकित्सकहरू सम्मानित।

Photos

६ असार २०८३, शनिबार १४:२६

सउल, दक्षिण कोरिया । अन्तर्राष्ट्रिय मेडिकल कन्फरेन्स (International Medical Conference) मा सहभागी हुन दक्षिण कोरिया आउनुभएका नेपालका स्थापित एवं प्रख्यात चिकित्सकहरू सम्मानित हुनुभएको छ। गण्डकी प्रदेश समाज...