सियोल, दक्षिण कोरिया।
“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा क्रियाशील सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाले प्रवासमा रहेका नेपालीहरूलाई लक्षित गरी विशेष शेयर बजार प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
बजारको गहिरो अनुभव भएका विज्ञ प्रशिक्षक बसन्त पाण्डे (बजारको चिरफार) द्वारा सञ्चालन गरिने यो तालिम आगामी २०२६ अप्रिल ५, आइतबार देखि सुरु हुँदैछ।
तालिमको उद्देश्य र विशेषता:-
विशेषगरी शेयर बजारमा शून्य अनुभव भएका (Beginners) देखि लिएर प्राविधिक विश्लेषण सिक्न चाहने अनुभवी लगानीकर्ताहरूका लागि यो प्रशिक्षण “Zero to Hero + Super Performer” को अवधारणामा डिजाइन गरिएको छ। १० दिनसम्म चल्ने यस अनलाइन कक्षामा बजारका आधारभूत पक्षहरूदेखि लिएर अत्याधुनिक प्राविधिक विश्लेषणका विधिहरू सिकाइने आयोजकले जनाएको छ।
पाठ्यक्रम विवरण (Course Content):
तालिमलाई निम्न अनुसार विभाजन गरिएको छ:
• पहिलो चरण (Day 1-4): बजारको आधारभूत अवधारणा, आईपीओ (IPO), सेकेन्डरी मार्केट, क्यान्डलस्टिक प्याटर्न, र मूल्य तथा भोल्युम विश्लेषण।
• दोस्रो चरण (Day 5-7): सेयर खरिद र बिक्रीका रणनीतिहरू (Buy/Sell Setup) र स्मार्ट मनी कन्सेप्ट।
• तेस्रो चरण (Day 8-10): म्याक्रो-इकोनोमिक विश्लेषण, मौद्रिक नीति, र कम्पनीहरूको आधारभूत पक्षको गहिरो अध्ययन।
समय र शुल्क:-
प्रशिक्षण नेपाली समय अनुसार साँझ ६:०० देखि ७:०० बजे सम्म र कोरियाली समय अनुसार साँझ ९:१५ देखि १०:१५ बजे सम्म सञ्चालन हुनेछ। तालिमको शुल्क अत्यन्तै सुलभ दरमा ३०,००० वोन (कोरियामा रहेकाका लागि) वा ३,००० रूपैयाँ (नेपालमा रहेकाका लागि) तोकिएको छ।
सम्पर्क तथा सहभागिता:-
सहभागिता जनाउन इच्छुक महानुभावहरूले निम्न व्यक्तिहरूसँग सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ:
• अशोक थापा (संयोजक): +८२१०५६०३३४५४ (कोरिया)
• सन्तोष गुरुङ (अध्यक्ष): +८२१०२१५३२८८१ (कोरिया)
• एस पी अधिकारी (सह-संयोजक): +९७७९८२६०४३३८५ (नेपाल)
• चिरञ्जीवी के सी (महासचिव): +८२१०२४०१८८१५ (कोरिया)
• सि बी कार्की (कोषाध्यक्ष): +८२१०९६८०८५०७ (कोरिया)
प्रवासमा आर्जन गरेको पुँजीलाई शेयर बजार मार्फत सही परिचालन गर्न र आर्थिक स्वतन्त्रताको बाटो पहिल्याउन यो सुनौलो अवसर भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न आयोजक संस्था कास्की परिवार दक्षिण कोरियाले सबैमा हार्दिक अपिल गरेको छ।
शेयर बजार अनलाईन तालिममा सहभागिताको लागि अवस्यक विवरणहरुः-
१, नामः-
२, फोन नं.
(WhatsApp मा प्रयोग भएको नं.)
३, कास्की परिवार दक्षिण कोरियाको खातामा ३०,०००/- वोन जम्मा गरेको Screenshot.
(नेपालमा हुनुहुनेहरुले कास्की परिवार दक्षिण कोरिया नेपाल च्यापटरका अध्यक्ष एस पी अधिकारी मार्फत सहकार्य गर्नसक्नु हुनेछ)
सहयोगको लागि हार्दिक धन्यवाद🙏🙏
बैंक नाम: Hana bank
खाता नम्बर:84091000984904
खातावालाको नाम:카스키 패밀리 코리아
सहभागिता फाराम भरेर पनि नाम टिपाउन सक्नुहुनेछ।👇👇
https://forms.gle/UmBNoR57R7NRFSvS6
प्रकाशित मिति ८ चैत्र २०८२, आईतवार १७:१९
