[सउल, दक्षिण कोरिया]
कास्की परिवार दक्षिण कोरियाले आफ्नो वार्षिक कार्यतालिका अनुसार यस वर्षको ‘बृहत बनभोज (Picnic) कार्यक्रम २०२६’ आगामी मे २ र ३ तारिखका दिन 강원도 원주 स्थित रमणीय ‘원주 힐링파크’ मा आयोजना गर्ने भएको छ।
“व्यस्ततालाई थाती राखौँ, प्रकृतिको काखमा एक दिन आफ्नै लागि बाँचौँ!” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता बढाउने विश्वास लिइएको छ।
🎡 कार्यक्रमका मुख्य आकर्षणहरू:
यस पटकको बनभोजमा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्न निम्न कार्यक्रमहरू तय गरिएको छ:
• 🍱 स्वादिष्ट खानपान: मौलिक नेपाली परिकारहरूका साथमा विशेष कोरियन BBQ Party को भरपुर आनन्द।
• 🎤 सांगीतिक धमाका: खुल्ला आकाशमुनि सामूहिक दोहोरी तथा सांस्कृतिक प्रस्तुति एवं गायन तथा नृत्य प्रतिभा प्रस्फुटनका लागि खुल्ला मञ्च।
• 🏺 घैँटो फुटाई: परम्परागत नेपाली मौलिक खेल र आकर्षक पुरस्कार।
• ⚽ फुट भलिबल (Foot Volleyball): २ वटा कोर्टमा रोमाञ्चक प्रतियोगिता।
• 🪑 म्युजिकल चेयर: सबै उमेर समूहका लागि रमाइलो खेल।
💰 सहभागिता शुल्क (Registration Fee):
सहभागीहरूका लागि निम्न अनुसारको शुल्क निर्धारण गरिएको छ:
• 🔹 पुरुष: ₩१००,०००
• 🔹 महिला / विद्यार्थी: ₩८०,०००
• 🔹 पारिवारिक सहभागिता: ₩१६०,०००
• 🔹 Self-Drive (आफ्नै सवारीमा आउने): ₩८०,०००
🚌 यातायात र समय तालिका:
कार्यक्रम मे २ (शनिबार) बेलुकी ०५:०० बजेबाट औपचारिक रूपमा सुरु हुनेछ। सहभागीहरूको सहजताका लागि सउल र सुवनबाट बसको विशेष व्यवस्था गरिएको छ। KTX / Train मार्फत आउन चाहनेहरूका लागि 서원주역 (Seowonju Station) पायक पर्नेछ।
📞 सम्पर्क र नाम दर्ताका लागि:
थप जानकारी तथा आफ्नो नाम दर्ताका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ:
• सन्तोष गुरुङ: ०१०-२१५३-२८८१
• खोमप्रसाद गुरुङ: ०१०-२५११-११२४
• प्रविण गिरी: ०१०-५६३७-०२८६
• बुद्धी गुरुङ: ०१०-४२३९-३३०५
• सन्तोष पौडेल: ०१०-६४६७-८२७३
• पुष्प भण्डारी: ०१०-५८३५-८९११
• परि गुरुङ: ०१०-३०३८-५६९६
• विजय गुरुङ: ०१०-९६८०-८५०७
• सुनिल गुरुङ: ०१०-३५४०-७४८९
• अम्मर थापा मगर: ०१०-५९४३-५१८६
• चिरञ्जीबी के सी (रोहन): ०१०-२४०१-८८१५
• सि. बी. कार्की: ०१०-९६८०-८५०७
कास्की परिवार दक्षिण कोरियाले गण्डकी प्रदेश समाज तथा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्ला परिवारका प्रतिनिधिहरू लगायत सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस भव्य उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछ।
Facebook:- कास्की परिवार दक्षिण कोरिया
आयोजक: कास्की परिवार दक्षिण कोरिया
प्रकाशित मिति २२ चैत्र २०८२, आईतवार १५:२७
